SEARCH DATABASE
The Global Gender Equality Constitutional Database is a repository of gender equality related provisions in 194 constitutions from around the world. The Database was updated in partnership with the International Bar Association's Human Rights Institute (IBAHRI) and with support from the Swedish International Development Agency (SIDA) and the Government of Japan. Experience its wealth and depth of information by starting your search now.
Women’s Rights
- EnglishThe Government of Nepal shall make appraisal and review of the implementation of special rights of the women and Dalit community and impacts thereof, on the basis of human development index, concurrently with a national census to be held in every ten years. (Art. 281)
- Nepaliनेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्बन्धमा मानव विकास सूचकांकको आधारमा समीक्षा तथा पुनरावलोकन गर्नेछ । (धारा २८१)
Jurisdiction and Access
- English
(1) There shall be a Constitutional Bench in the Supreme Court. The Constitutional Bench shall consist of the Chief Justice and other four Justices designated by the Chief Justice on recommendation of the Judicial Council.
(2) The Bench referred to in clause (1) shall originally hear and settle the following cases, in addition to the petitions filed pursuant to clause (1) of Article 133:-
(a) Disputes relating to jurisdiction between the Federation and a Province, between Provinces, between a Province and a Local Level and between Local Levels;
(b) Disputes relating to election to members of the Federal Parliament or Provincial Assembly and matters relating to disqualification of a member of the Federal Parliament or of the Provincial Assembly.
(3) Notwithstanding anything contained in Article 133, in case it appears that any case sub judice in the Supreme Court involves a question of serious constitutional interpretation, the Chief Justice may appoint such case to be heard by the Bench referred to in clause (1).
(4) Other provisions relating to the functioning of the Constitutional Bench shall be as determined by the Supreme Court. (Art. 137) - Nepali
(१) सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चारजना न्यायाधीश रहने छन् ।
(२) उपधारा (१) बमोजिमको इजलासले धारा १३३ को उपधारा (१) बमोजिम परेका निवेदनको अतिरिक्त देहायका मुद्दाको शुरू कारबाही र किनारा गर्नेछ ः–
(क) संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीचको अधिकार क्षेत्रको बारेमा भएको विवाद सम्बन्धी,
(ख) संघीय संसद वा प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेश सभाका सदस्यको अयोग्यता सम्बन्धी ।
(३) धारा १३३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा उपधारा (१) बमोजिमको इजलासबाट हेर्ने गरी प्रधान न्यायाधीशले तोक्न सक्नेछ ।
(४) संवैधानिक इजलासको सञ्चालन सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतले निर्धारण गरे बमोजिम हुनेछ । (धारा १३७)
Jurisdiction and Access
- English
(1) Any citizen of Nepal may file a petition in the Supreme Court to have any law or any part thereof declared void on the ground of inconsistency with this Constitution because it imposes unreasonable restriction on the enjoyment of any fundamental right conferred by this Constitution or on any other ground; or to have any law or any part thereof made by a Provincial Assembly declared void because it is inconsistent with any law made by the Federal Parliament; or to have any law or any part thereof made by a Municipal Assembly or Rural Municipal Assembly declared void because it is inconsistent with a law made by the Federal Parliament or the Provincial Assembly; the Supreme Court shall have an extra-ordinary power to declare such law to be void either ab initio or from the date of its decision in case the law in question appears to be so inconsistent.
(2) The Supreme Court shall, for the enforcement of the fundamental rights conferred by this Constitution or of any other legal right for which no other remedy has been provided for or for which the remedy even though provided appears to be inadequate or ineffective or for the settlement of any constitutional or legal question involved in any dispute of public interest or concern; have the extraordinary power to issue necessary and appropriate orders, provide appropriate remedies, enforce such right or settle such dispute.
…
(4) Subject to this Constitution, the Supreme Court shall, as provided for in the federal law, have the power to originally try and settle cases, hear appeals, test judgments referred for confirmation, revise cases, hear petitions or review its judgments or final orders. While so reviewing the judgements, Justices other than those having handed down the previous judgment shall make such review.
(5) The Supreme Court shall have the power to settle appeals from cases originally heard and settled by a High Court and matters of public importance involving questions of interpretation of the Constitution and law or cases recommended by a High Court, accompanied by its opinion that it is reasonable that decision be made by the Supreme Court.
(6) Other powers and procedures of the Supreme Court shall be as provided for in the federal law. (Art. 133) - Nepali
(१) यस संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएकोे वा अन्य कुनै कारणले कुनै कानून यो संविधानसँग बाझिएको हुँदा त्यस्तो कानून वा त्यसको कुनै भाग वा प्रदेश सभाले बनाएको कुनै कानून संघीय संसदले बनाएको कुनै कानूनसँग बाझिएको वा नगर सभा वा गाउँ सभाले बनाएको कुनै कानून संघीय संसद वा प्रदेश सभाले बनाएको कुनै कानूनसँग बाझिएको हँुदा त्यस्तो कानून वा त्यसको कुनै भाग बदर घोषित गरी पाऊँ भनी कुनै पनि नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ र सो अनुसार कुनै कानून बाझिएको देखिएमा सो कानूनलाई प्रारम्भदेखि नै वा निर्णय भएको मितिदेखि अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
(२) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि
त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने, उचित उपचार प्रदान गर्ने, त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुंगो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
...
(४) यस संविधानको अधीनमा रही सर्वोच्च अदालतलाई संघीय कानूनमा व्यवस्था भए बमोजिम मुद्दाको शुरु कारबाही र किनारा गर्ने, पुनरावेदन सुन्ने, साधक जाँच्ने, मुद्दा दोहो¥याउने, निवेदन सुन्ने वा आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने अधिकार हुनेछ । त्यसरी पुनरावलोकन गर्दा पहिला फैसला गर्ने न्यायाधीश बाहेक अन्य न्यायाधीशले गर्ने छन् ।
(५) उच्च अदालतले शुरू कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सुन्ने र संविधान र कानूनको व्याख्या सम्बन्धी प्रश्न समावेश भएको सार्वजनिक महत्वको विषय वा सर्वोच्च अदालतबाट निर्णय हुनु उपयुक्त छ भनी उच्च अदालतले आफ्नो राय सहित सिफारिस गरेको मुद्दाको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
(६) सर्वोच्च अदालतको अन्य अधिकार र कार्यविधि संघीय कानून बमोजिम हुनेछ । (धारा १३३)
Jurisdiction and Access
- English
(1) There shall be a Supreme Court in Nepal.
(2) The Supreme Court shall be a court of record. All courts and judicial institutions shall, except as otherwise provided in this Constitution, be under the Supreme Court. The Supreme Court shall have the final authority to interpret this Constitution and laws.
…
(4) All shall abide by any interpretation of the Constitution or a law made by or any legal principle laid down by the Supreme Court in the course of hearing a lawsuit. In case anyone makes obstruction in the dispensation of justice or disregard any order or judgment handed down by it or any of its subordinate courts, the Supreme Court may, in accordance with law, initiate proceedings of contempt and impose punishment therefor. (Art. 128) - Nepali
(१) नेपालमा एक सर्वोच्च अदालत हुनेछ ।
(२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
...
(४) मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले (अदालतहरु र न्यायिक निकायहरु) पालन गर्नु पर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ । (धारा १२८)
Obligations of the State
- EnglishIt shall be the obligation of the State to make Nepal a prosperous and affluent country by protecting and promoting fundamental rights and human rights, pursuing directive principles of the State and gradually implementing policies of the State, while keeping intact the freedom, sovereignty, territorial integrity and independence of Nepal. (Art. 52)
- Nepaliनेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ । (धारा ५२)
Obligations of the State
- EnglishThe State shall pursue the following policies:
…
(b) Policies relating to political and governance system of State:
…
(2) to maintain rule of law by protecting and promoting human rights,
… (Art. 51) - Nepaliराज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछ ः–
...
(ख) राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीतिः
...
(२) मानव अधिकारको संरक्षण र संवर्धन गर्दै विधिको शासन कायम राख्ने,
... (धारा ५१)
Obligations of the State
- English(1) The political objective of the State shall be to establish a public welfare system of governance, by establishing a just system in all aspects of the national life through the rule of law, values and norms of fundamental rights and human rights, gender equality, proportional inclusion, participation and social justice, while at the same time protecting the life, property, equality and liberties of the people, in keeping with the vitality of freedom, sovereignty, territorial integrity and independence of Nepal, and to consolidate a federal democratic republican system of governance in order to ensure an atmosphere conducive to the enjoyment of the fruits of democracy, while at the same time maintaining the relations between the Federal Units on the basis of cooperative federalism and incorporating the principle of proportional participation in the system of governance on the basis of local autonomy and decentralization.
… (Art. 50) - Nepali(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्यव्यवस्थाको स्थापना गर्ने तथा परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ ।
... (धारा ५०)
Obligations of the State
- EnglishThe State shall, as required, make legal provisions for the implementation of the rights conferred by this Part, within three years of the commencement of this Constitution. (Art. 47)
- Nepaliयस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनकालागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ । (धारा ४७)
Obligations of the State
- English(1) Safeguarding of the freedom, sovereignty, territorial integrity, nationality, independence and dignity of Nepal, the rights of the Nepalese people, border security, economic wellbeing and prosperity shall be the basic elements of the national interest of Nepal.
… (Art. 5) - Nepali(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् ।
... (धारा ५)
Obligations of the State
- English
…
(6) The Federation, Provinces and Local Levels shall protect Nepal's freedom, sovereignty, territorial integrity, independence, national interest, overall development, multi-party, competitive, democratic, republican, federal system of governance, human rights and fundamental rights, rule of law, separation of powers and check and balance, egalitarian society based on pluralism and equality, inclusive representation and identity. (Art. 56) - Nepali
…
(६) संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वांगीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने छन् । (धारा ५६)