Constitution of Nepal 2015, as amended to 2020
Citizenship and Nationality
  • English

    (1) No citizen of Nepal may be deprived of the right to obtain citizenship.
    (2) Provision of single federal citizenship with provincial identity has been made in Nepal. (Art. 10)

  • Nepali

    (१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।
    (२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । (धारा १०)

Citizenship and Nationality
  • English

    (1) The persons who have obtained the citizenship of Nepal at the time of commencement of this Constitution and who are qualified to obtain citizenship in accordance with this Part shall be the citizens of Nepal.
    (2) The following person who has his or her permanent domicile in Nepal at the time of commencement of this Constitution shall be the citizen of Nepal by descent:-
    (a) A person who has obtained the citizenship of Nepal by descent prior to the commencement of this Constitution;
    (b) A person whose father or mother was a citizen of Nepal at the time of his or her birth.
    (3) A child of a citizen having obtained the citizenship of Nepal by virtue of birth prior to the commencement of this Constitution shall, upon attaining the age of majority, acquire the citizenship of Nepal by descent in case the child's father and mother both are citizens of Nepal.
    (4) Every minor who is found within Nepal and the whereabouts of whose father and mother are not known shall, until the father or the mother of the child is traced, be a citizen of Nepal by descent.
    (5) A person who is born in Nepal to a woman who is a citizen of Nepal and has resided in Nepal and whose father is not traced shall be provided with the citizenship of Nepal by descent.
    Provided that in case his or her father is held to be a foreign citizen, the citizenship of such person shall be converted into naturalized citizenship as provided for in the federal law.
    (6) A foreign woman who has a matrimonial relationship with a citizen of Nepal may, in case she so desires, acquire the naturalized citizenship of Nepal as provided for in the federal law.
    (7) Notwithstanding anything contained elsewhere in this Article, in the case of a person born to a woman who is a citizen of Nepal and married to a foreign citizen, the person may acquire the naturalized citizenship of Nepal in accordance with the federal law in case he or she has permanently resided in Nepal and has not acquired the citizenship of a foreign country.
    Provided that in case such person's mother and father both are citizens of Nepal at the time of acquisition of citizenship, such person born in Nepal may acquire the citizenship of Nepal by descent.
    (8) In the cases other than those referred to in this Article, the Government of Nepal may, in accordance with the federal law, grant the naturalized citizenship of Nepal.
    (9) The Government of Nepal may, in accordance with the federal law, grant the honorary citizenship of Nepal.
    (10) Whenever any territory is acquired by way of incorporation into Nepal, a person having his or her domicile within such territory shall, subject to the federal law, become a citizen of Nepal. (Art. 11)

  • Nepali

    (१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ।
    (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः–
    (क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति ।
    (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
    (३) यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
    (४) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
    (५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
    (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिनसक्नेछ ।
    (७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकका नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ । तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ ।
    (८) यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ ।
    (९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
    (१०) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुनेछ । (धारा ११)

Citizenship and Nationality
  • English

    A person who is entitled to obtain the citizenship of Nepal by descent in accordance with this Constitution may obtain a certificate of citizenship of Nepal with gender identity by the name of his or her mother or father. (Art. 12)

  • Nepali

    यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । (धारा १२)

Citizenship and Nationality
  • English
    Other matters relating to the acquisition, reacquisition and termination of citizenship shall be as provided for in the Federal law. (Art. 13)
  • Nepali
    नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ । (धारा १३)
Citizenship and Nationality
  • English
    The non-residential citizenship of Nepal may be so granted to a person who has acquired the citizenship of a foreign country, has resided in a country other than a member state of the South Asian Association for Regional Cooperation, and who or whose father or mother, grandfather or grandmother was previously a citizen of Nepal by decent or birth but subsequently acquired the citizenship of the foreign country that such person may enjoy economic, social and cultural rights in accordance with the Federal law. (Art. 14)
  • Nepali
    विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ । (धारा १४)
Citizenship and Nationality
  • English


    22. Citizenship, passport, visa, immigration
    … (Schedule 5, List of Federal Powers/Jurisdiction)

  • Nepali


    २२. नागरिकता, राहदानी, भिसा, अध्यागमन
    … (अनुसूची–५ : संघको अधिकारको सूची)

1

Constitution of Nepal 2015, as amended to 2020 (English). According to Art. 7(1): “The Nepali language in the Devnagari script shall be the official language of Nepal.”

Links to all sites last visited 8 December 2023