Constitution of Nepal 2015, as amended to 2020
Political Parties
  • English

    (2) Every citizen shall have the following freedoms:

    (c) freedom to form political parties,

    Provided that,

    (3) Nothing in sub-clause (c) shall be deemed to prevent the making of an Act to impose reasonable restrictions on any act which may undermine the sovereignty, territorial integrity, nationality and independence of Nepal, constitute an espionage against the nation or divulge national secrecy or on any act of rendering assistance to any foreign state, organization or representative in a manner to undermine the security of Nepal or on an act of sedition or on any act which may undermine the harmonious relations between the Federal Units or on any act of incitement to caste-based or communal hatred or on any act which may undermine the harmonious relations between various castes, tribes, religions and communities, or on any act of acquisition of, or restriction on, membership of any political party on the basis solely of tribe, language, religion, community or sex or on any act of formation of a political party with discrimination between citizens or on incitement to violent acts or on any act which may be contrary to public morality.
    … (Art. 17)
  • Nepali

    (२) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ ः–
    ...
    (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता,
    ...
    तर,
    ...
    (३) खण्ड (ग) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भंग गर्ने वा नेपालको सुरक्षामा आँच पु¥याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने वा राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा केवल जाति, भाषा, धर्म, सम्प्रदाय वा लिंगको आधारमा कुनै राजनीतिक दलको सदस्यता प्राप्त गर्ने वा बन्देज लगाउने वा नागरिकहरूबीच विभेद गर्ने गरी राजनीतिक दल गठन गर्ने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिनेछैन ।
    ... (धारा १७)
Political Parties
  • English

    (1) Persons who are committed to common political ideology, philosophy and program may, subject to laws made pursuant to sub-clause (c) of clause (2) of Article 17, form and operate political parties, and generate, or cause to be generated, publicity in order to secure support and cooperation from public-in-general for their ideology, philosophy and program or carry out other necessary activity for this purpose.
    (2) A political party formed in accordance with clause (1) shall be required to be registered the party with the Election Commission upon fulfilment of the procedures as laid down by law.
    (3) A petition to be filed for the purpose of registration of a party pursuant to clause (2) shall be accompanied by the constitution and manifesto of the concerned political party and such other documents as required by federal law.
    (4) For a petition to be filed for the registration of a party pursuant to clause (2), the political party shall fulfil the following conditions:-
    (a) Its constitution and rules shall be required be democratic;
    (b) Its constitution shall provide for election of each of the officebearers of the party at the Federal and Provincial levels at least once in every five years;
    Provided that nothing shall bar the making of provision in the constitution of a political party to hold such election within six months in the event of failure to hold election of its office-bearers within five years because of occurrence a special circumstance;
    (c) There shall be a provision of such inclusive representation in its executive committees at various levels as may be reflecting the diversity of Nepal.
    (5) In case the name, objective, insignia or flag of a political party is of such a nature as to jeopardize the religious and communal unity of the country or to fragment the country, that party shall not be registered. (Art. 269)

  • Nepali

    (१) समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन् ।
    (२)उपधारा (१) बमोजिम गठन भएका राजनीतिक दलले कानून बमोजिमको कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्नेछ ।
    (३) उपधारा (२) बमोजिम दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेश गर्दा सम्बन्धित राजनीतिक दलको विधान र घोषणापत्रका अतिरिक्त संघीय कानून बमोजिमका अन्य कागजात पेश गर्नु पर्नेछ ।
    (४) उपधारा (२) बमोजिम दल दर्ताका लागि निवेदन दिंदा राजनीतिक दलले देहायका शर्त पूरा गर्नु पर्नेछ :–
    (क) राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनु पर्छ,
    (ख) राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्छ,
    तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महीनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।
    (ग) दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनु पर्छ ।
    (५) कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुने छैन । (धारा २६९)

Political Parties
  • English
    (1) Any law, arrangement or decision so made as to impose any restriction on the formation and operation of a political party and on the generation of publicity in order to secure support and cooperation from the general public for the ideology, philosophy and program of the party in accordance with Article 269 shall be deemed to be inconsistent with this Constitution and shall, ipso facto, be void.
    (2) Any law, arrangement or decision so made as to allow for participation or involvement of only a single political party or persons having similar political ideology, philosophy or program in the elections or in the political system of, or in the conduct of governance of, the country shall be deemed to be inconsistent with this Constitution and shall, ipso facto, be void. (Art. 270)
  • Nepali
    (१) धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ।
    (२) कुनै एउटै राजनीतिक दल वा एकै किसिमको राजनीतिक विचारधारा, दर्शन वा कार्यक्रम भएका व्यक्तिहरूले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली वा राज्य व्यवस्था सञ्चालनमा भाग लिन पाउने वा सम्मिलित हुन पाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ । (धारा २७०)
1

Constitution of Nepal 2015, as amended to 2020 (English). According to Art. 7(1): “The Nepali language in the Devnagari script shall be the official language of Nepal.”

Links to all sites last visited 8 December 2023