Constitution of Nepal 2015, as amended to 2020
National level
  • English

    (1) The House of Representatives shall consist of a total of two hundred and seventy five members, as follows :-
    (a) One hundred and sixty-five members to be elected through the first past the post electoral system, with one being elected from each of one hundred and sixty-five election constituencies delimited in Nepal on the basis of population and geographical convenience and specificity;
    (b) One hundred and ten members to be elected through the proportional electoral system where voters vote for political parties, with the whole country being considered as a single election constituency.

    (8) Notwithstanding anything contained elsewhere in this Part, at least one third of the total number of members elected from each political party representing in the Federal Parliament shall be women. In case women are not so elected as to constitute one third of the elected members of any political party pursuant to subclause (a) of clause (1) and sub-clause (a) of clause (2) of Article 86, such political party must, in electing members under sub-clause (b) of clause (1), so elect that women members constitute at least one third of the total number of members elected to the Federal Parliament from that party.
    … (Art. 84)

  • Nepali

    (१) प्रमिमनमध सभामा देिाय बमोजजमका दईु सय पचित्तर सदस्य रिनेछनः–
    (क) नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य,
    (ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।
    ...
    (८) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरू मध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
    ... (धारा ८४)

National level
  • English

    (1) The National Assembly shall be a permanent House.
    (2) The National Assembly shall consist of fifty-nine members as follows: -
    (a) Fifty six elected members consisting of at least three women, one Dalit and one from persons with disabilities or minorities, from each Province by an electoral college consisting of members of the Provincial Assembly, chairpersons and vice-chairpersons of the Rural Municipalities, and Mayors and Deputy-Mayors of the Municipalities, with different weightage of vote by members of the Provincial Assembly, chairpersons and vice-chairpersons of the Rural Municipalities, and Mayors and Deputy-Mayors of the Municipalities, as provided for in the federal law,
    (b) Three members consisting of at least one woman nominated by the President on the recommendation of the Government of Nepal.
    … (Art. 86)

  • Nepali

    (१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ ।
    (२) राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन्ः–
    (क) प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकद्धट मण्डलद्वारा संघीय कानून बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना,
    (ख) नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना ।
    ... (धारा ८६)

National level
  • English

    (1) The members of the House of Representatives shall, within fifteen days of the date of holding of the first meeting of the House of Representatives, elect a Speaker and a Deputy Speaker from amongst themselves.
    (2) Election pursuant to clause (1) shall be so held that there is one woman out of the Speaker and the Deputy Speaker, and the Speaker and the Deputy Speaker of the House of Representatives shall be representatives from different parties.
    … (Art. 91)

  • Nepali

    (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।
    (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।
    ... (धारा ९१)

National level
  • English

    (1) The members of the National Assembly shall, within fifteen days of the date of holding of its first meeting, elect the Chairperson and the Vice-Chairperson of the National Assembly from amongst themselves.
    (2) Election pursuant to clause (1) shall be so held that there is one woman out of the Chairperson and the Vice-Chairperson of the National Assembly.
    … (Art. 92)

  • Nepali

    (१) राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन् ।
    (२) उपधारा (१) मोजिम निर्वाचन गर्दा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ ।
    ... (धारा ९२)

1

Constitution of Nepal 2015, as amended to 2020 (English). According to Art. 7(1): “The Nepali language in the Devnagari script shall be the official language of Nepal.”

Links to all sites last visited 8 December 2023