SEARCH DATABASE
The Global Gender Equality Constitutional Database is a repository of gender equality related provisions in 194 constitutions from around the world. The Database was updated in partnership with the International Bar Association's Human Rights Institute (IBAHRI) and with support from the Swedish International Development Agency (SIDA) and the Government of Japan. Experience its wealth and depth of information by starting your search now.
Subnational levels
- English
(1) The members of the Provincial Assembly shall, within fifteen days of the date of holding of the first meeting of the Provincial Assembly, elect a Speaker of Province and a Deputy Speaker of Province from amongst themselves.
(2) Election pursuant to clause (1) shall be so held that there is one woman out of the Speaker of Province and the Deputy Speaker of Province, and the Speaker of Province and the Deputy Speaker of Province shall be representatives from different parties.
… (Art. 182) - Nepali
(१) प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् ।
(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।
... (धारा १८२)
Subnational levels
- English(1) Each Municipality shall have a Municipal Assembly.
(2) A Municipal Assembly under clause (1) shall consist of the Mayor and the Deputy Mayor of the Municipal Executive, Ward Chairpersons, and four members elected from each Ward and members of the Municipal Executive elected from Dalit or minority communities pursuant to clause (4) of Article 216.
(3) A Municipal Assembly to be formed under clause (1) shall have representation of at least two women from each Ward.
… (Art. 223) - Nepali(१) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ ।
(२) उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।
(३) उपधारा (१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
... (धारा २२३)
Subnational levels
- English
(1) Each Provincial Assembly shall consist of a number of members as follows:-
(a) Members in a number that is twice as many as the number of members elected to the House of Representatives from the concerned Province, through the first past the post electoral system;
(b) The number of members to be set pursuant to clause (a) shall be considered to be sixty percent, and the rest forty percent members to be elected, through the proportional electoral system.
…
(9) Notwithstanding anything contained elsewhere in this Article, at least one third of the total number of members elected from each political party representing in the Provincial Assembly shall be women. In case women are not so elected as to constitute one third of the elected members of any political party pursuant to subclause (a) of clause (1), such political party shall, in electing members pursuant to sub-clause (b) of that clause, so elect that women members constitute at least one third of the total number of members elected to the Provincial Assembly from that party.
… (Art. 176) - Nepali
(१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहनेछन्:
(क) सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य,
(ख) खण्ड (क) बमोजिम कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य ।
...
(९) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरू मध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले सोही उपधाराको खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
... (धारा १७६)
Subnational levels
- English(1) Each Village Body shall have a Village Assembly.
(2) A Village Assembly under clause (1) shall consist of the Chairperson and Vice-Chairperson of the Village Executive, Ward Chairpersons, and four members elected from each ward and Members of the Village Executive elected from Dalit and minority communities pursuant to clause (4) of Article 215.
(3) A Village Assembly to be formed under clause (1) shall have representation of at least two women from each ward.
… (Art. 222) - Nepali(१) प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ ।
(२) उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट
निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन् ।
(३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।
... (धारा २२२)
Subnational levels
- English…
(3) The District Assembly shall elect the District Coordination Committee consisting of a maximum of nine Members including one Chief, one Deputy Chief, at least three women and at least one Dalit or minority. The District Coordination Committee shall discharge all functions required to be discharged by the District Assembly.
… (Art. 220) - Nepali…
(३) जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ ।
... (धारा २२०)
Subnational levels
- English
(1) There shall be a Mayor in each Municipality as Head of the Municipal Executive. The Municipal Executive shall be formed under his or her chairpersonship.
(2) The Municipal Executive referred to in clause (1) shall consist of one Deputy Mayor, Ward Chairperson elected from each Ward and members elected pursuant to clause (4).
(3) The Mayor and the Deputy Mayor shall be elected by the voters residing within the concerned Municipal area by secret ballots on the basis of one person one vote, in accordance with the first past the post electoral system. Explanation: For the purposes of this Article, "Mayor" and "Deputy Mayor" mean the Mayor and the Deputy Mayor of the Municipal Executive.
(4) The members of the Municipal Executive shall also include five women members elected by the members of the Municipal Assembly from amongst themselves and three members elected by the Municipal Assembly from the Dalit or minority communities, in possession of the qualifications referred to in clause (5) within fifteen days after the final results of the election to the Municipal Assembly pursuant to Article 223.
… (Art. 216) - Nepali
(१) प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहनेछ । निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुनेछ ।
(२) उपधारा(१) बमोजिमको नगर कार्यपालिकामा एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहनेछन् ।
(३) प्रमुख र उपप्रमुखको निर्वाचन सम्बन्धित नगरपालिका क्षेत्रभित्रका मतदाताले एक व्यक्ति एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम गर्ने छन् ।
स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “प्रमुख र उपप्रमुख” भन्नाले नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख सम्झनु पर्छ ।
(४) धारा २२३ बमोजिमको नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुने छन् ।
... (धारा २१६)
Head of State
- English
(1) A person who has the following qualifications shall be eligible to become the President:-
(a) One who is eligible to become a member of the Federal Parliament;
(b) On who has completed the age of at least forty-five years; and
(c) One who is not disqualified by any law.
… (Art. 64) - Nepali
(१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछः–
(क) संघीय संसदको सदस्य हुन योग्य भएको,
(ख) कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र
(ग) कुनै कानूनले अयोग्य नभएको ।
... (धारा ६४)
Head of State
- English
(1) The President shall be elected by an electoral college consisting of the members of the Federal Parliament and members of the Provincial Assemblies. The voting weightage of the members of the Federal Parliament and of the Provincial Assemblies shall vary as provided for in the federal law.
(2) Notwithstanding anything contained in clause (1), nothing shall be deemed to bar the formation of an electoral college for the purpose of election to the President by the sole reason that election to Provincial Assembly has not been held in any Province.
… (Art. 62) - Nepali
(१) राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार संघीय कानून बमोजिम फरक हुनेछ ।
(२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेश सभाको निर्वाचन नभएका कारणले मात्र राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठन गर्न बाधा परेको मानिने छैन ।
... (धारा ६२)
Head of State
- English(1) There shall be a President in Nepal.
(2) The President shall be the head of state of Nepal. He or she shall perform his or her functions in accordance with this Constitution and the Federal law.
…
(4) The main duty of the President shall be to abide by and protect this Constitution. (Art. 61) - Nepali(१) नेपालमा एक राष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।
...
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । (धारा ६१)
Head of State
- EnglishElection to the President and the Vice-president under this Constitution shall be so made as to have representation of different sex or community. (Art. 70)
- Nepaliयस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ । (धारा ७०)